२०८२ भदौ २२-२३ मा देखिने खग्रास चन्द्रग्रहण, नेपालभर अवलोकन योग्य


काठमाडौं ।

२०८२ साल भदौ २२ गते राति देखिन थालेको खग्रास चन्द्रग्रहण २३ गते बिहानसम्म नेपालभर देखिनेछ।

ग्रहण राति ९:१३ बजे विरल छायाँबाट सुरु भई राति ११:१५ बजे खग्रास अवस्थामा पुग्नेछ। यसको मध्य राति ११:५६ बजे हुनेछ र खग्रास अन्त्य बिहान १२:३७ बजे हुनेछ। पूर्ण ग्रहण ५ घण्टा २७ मिनेटसम्म रहनेछ।

यो ग्रहण यूरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट पनि देखिने भए पनि अमेरिका महादेशबाट देखिँदैन। चन्द्रमा रातो देखिने भएकाले यसलाई रक्तिमचन्द्र पनि भनिन्छ।

वैज्ञानिकहरूका अनुसार चन्द्रग्रहण हेर्न स्वास्थ्यमा कुनै असर नपर्ने भएकाले यसलाई खाली आँखाले पनि अवलोकन गर्न सकिन्छ।