आइतबार ‘निजामती सेवा दिवस’ मनाइँदै, उत्कृष्ट कर्मचारीहरू पुरस्कृत हुने


काठमाडौँ ।

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको दिनको स्मरणमा देशभर आइतबार ‘निजामती सेवा दिवस’ मनाइँदैछ। ८५ हजारभन्दा बढी निजामती कर्मचारीले विभिन्न कार्यक्रमहरू—रक्तदान, वृक्षरोपण, अन्तक्र्रिया, र्‍याली लगायत—मार्फत दिवस मनाउने छन्।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा राजधानीमा हुने मूल समारोहमा एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती पुरस्कार प्रदान गरिनेछ।

सहसचिव प्रकाश दाहालका अनुसार यो दिवस सेवा मूल्य, निष्ठा र आदर्शको सम्मान गर्दै नागरिक हितमा समर्पण गर्ने प्रतिबद्धता दोहोर्याउने अवसर हो।

निजामती प्रशासनलाई प्रभावकारी बनाउन सूचना प्रविधिमैत्री सेवा र निष्पक्ष व्यवस्थापन अपरिहार्य रहेको बताइएको छ।