काठमाडौं ।
नेकपा एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको समितिमा राजेन्द्र गौतम, ज्वाला साह, ईश्वरी रिजाल, उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल सदस्य रहेका छन्। समितिले राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकासम्बन्धी धारणा तय गर्नेछ।
ललितपुरमा जारी महाधिवेशनमा आज प्रतिवेदनमाथि छलफल हुँदैछ।











प्रतिक्रिया