कांग्रेस कार्यसम्पादन समिति बैठक आइतबार देउवा निवासमा


काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बोलाएको छ।

बैठकका लागि पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ। बैठकबारे कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन्।