काठमाडौ ।
नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको निर्णयको कडा आलोचना गर्दै भनेका छन् कि, अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु नेपाली जनताको अधिकार र रोजिरोटीमा ठुलो असर पुर्याउने कदम हो।
उनले यस निर्णयलाई घोर आपत्तिजनक भन्दै तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित ढंगले नियमन गर्न सरकारसँग आग्रह गरे।
उनका अनुसार, यस निर्णयले धेरै नेपालीको रोजगारीमा असर पार्ने छ, र सरकारको निर्णयले जनचाहना र प्रतिवद्धतासँग मेल नखाएको बताएका छन्।












प्रतिक्रिया