काठमाडौँ
डिशहोमले नेपालकै चर्चित थकाली रेस्टुरेन्ट ब्रान्ड “मेलुङ थकाली”सँग साझेदारी गर्दै आफ्ना सक्रिय ग्राहकलाई विशेष सुविधा दिने घोषणा गरेको छ । यस अन्तर्गत, डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने ग्राहकले मेलुङ थकालीका सबै आउटलेटमा १० प्रतिशत छुट पाउनेछन् ।
हाल मेलुङ थकालीका पाँच आउटलेट एअरपोर्ट, गठ्ठाघर, बानेश्वर, बौद्ध र बालुवाटार मा सञ्चालनमा रहेका छन् भने अन्य शाखा पनि विस्तारको क्रममा छन्। साझेदारीसँगै डिशहोमका ग्राहकले आफ्ना मनपर्ने थकाली परिकार छुटसहित खान सक्ने सुविधा प्राप्त गर्नेछन् ।
यो सुविधा लिनका लागि ग्राहकले माइ डिशहोम एप डाउनलोड गरी दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लग–इन गर्नुपर्नेछ। त्यसपछि एपको होमपेज वा प्रोफाइल सेक्सनमा रहेको भर्चुअल प्रिभिलेज कार्ड देखाएर मेलुङ थकालीमा छुट लिन सकिनेछ ।
साझेदारीलाई औपचारिक बनाउन मेलुङ थकालीका सह–संस्थापक बसन्त लामा र डिशहोमका चिफ सबिन महर्जनबीच एमओयू मा हस्ताक्षर गरिएको छ । यस अवसरमा डिशहोमका सीईओ तारामानन्धरले भने, “यो साझेदारीले नेपालमा लोकप्रिय थकाली गन्तव्यलाई हाम्रो ग्राहकको दैनिक जीवनमा अझ मूल्य थप्नेछ ।”
डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत हाल डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा छुट प्रदान गर्दै आएको छ । कम्पनीले आगामी दिनमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।











प्रतिक्रिया