आइतबार चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा


काठमाडौँ।

बागमती प्रदेश सरकारले आगामी आइतबार न्वागी (छोनाम) पर्वको अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनाअनुसार मिति २०८२ भदौ २२ गते (आइतबार) चेपाङ जातिले मनाउने न्वागी पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा रहनेछ।