प्रधानमन्त्री ओली चीन भ्रमणपछि हिमालयन एअरलाइन्सबाट स्वदेश फर्किए


काठमाडौँ
प्रधानमन्त्री के.पी. शर्मा ओली, राधिका शाक्य तथा उच्चस्तरीय प्रतिनिधिमण्डल (सेप्टेम्बर ३, २०२५) चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्रीले चीनको थियानजिन सहरमा आयोजित दुई दिने शाङ्घाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागिता जनाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद सदस्यहरू तथा विभिन्न मन्त्रालयका वरिष्ठ सरकारी अधिकारीहरू समेत प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री र प्रतिनिधिमण्डललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठज्यू उपस्थित हुनुहुन्थ्यो । एयरबस ३२० (दर्ता नं. ( एन– एएलडब्लुले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ६ः२१ बजे (चीन समय) उडान भरेको थियो भने नेपाली समयानुसार राति ९ः२७ बजे काठमाडौं अवतरण गरेको थियो ।

यस उच्चस्तरीय उडानको सफल व्यवस्थापनले हिमालय एअरलाइन्सको राष्ट्र सेवाप्रतिको १० वर्षको समर्पण र क्षमता पुनः पुष्टि गरेको छ । एअरलाइन्सले यस्ता महत्त्वपूर्ण सरकारी भ्रमणमा भरपर्दो राष्ट्रिय साझेदारको भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।