प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने


काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ। बैठकमा सञ्चार, स्वास्थ्य, कृषि र ऊर्जा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ।

सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ निर्णयार्थ प्रस्तुत गर्नेछन्। साथै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (पहिलो संशोधन) विधेयक, २०७९’ पुनर्विचारका लागि प्रस्ताव गर्ने कार्यक्रम समेत छ।