काठमाडौं
टेनिसमा हरेक वर्ष चार ग्रान्डस्लाम प्रतियोगिता आयोजना हुने गर्दछ । जसमा, अस्टे«लियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन रहेका छन् । यसमध्ये यूएस ओपन वर्षको अन्तिम ग्रान्डस्लाम प्रतियोगितामा पर्दछ ।
जारी यूएस ओपन अन्तिमतिर पुगिसक्दा अमेरिकी पुरुष खेलाडीको चुनौती पनि समाप्त भइसकेको छ । जसको कारण यूएस ओपनमा अमेरिकी पुरुष खेलाडीको उपाधि जित्ने पर्खाइ लम्बियो । हुन त महिलातर्फ उपाधि जितिरहेको छ । तर, पुरुषतर्फ भने अमेरिकी खेलाडीले उपाधि जित्न सकिरहेका छैनन् । अमेरिकाका पुरुष खेलाडीले यूएस ओपनमा उपाधि नजितेको यो संस्करणसमेत गरेर २२ वर्ष भइसक्यो ।
पछिल्लो पटक यूएस ओपनमा च्याम्पियन हुने अमेरिकी खेलाडीमाएन्डी रोडिक हुन् । उनले सन् २००३ मा उपाधि जितेका थिए । यसपछि भने कोही पनि घरेलु पुरुष खेलाडीले उपाधि जित्न सकिरहेका छैनन् ।
गत वर्ष टेलर फ्रिज यस प्रतियोगिताको फाइनलमा पुगेका थिए । २७ वर्षीय फ्रिजले अमेरिकालाई सुखद नतिजा दिलाउने आस थियो । तर, उनी फाइनलमा इटालीका राइजिङ स्टार यानिक सिनरसँग सीधा सेटमा पराजित भएका थिए । फ्रिज यसपटक भने क्वार्टरफाइनलबाटै विदा हुन पुगे । उनी नोभाक जोकोभिचसँग पराजित भएका हुन्। त्यसअघि दुई पटक अमेरिकी खेलाडी फाइनलमा पुगेका थिए । आन्द्रे आगासी २००५ मा र रोडिक २००६ मा फाइनलमा पुगेका थिए । उनीहरू एकै खेलाडी रोजर फेडेररसँग पराजित भएका थिए ।
पुरुष खेलाडी कमजोर हुनुको कारणः
-पिट साम्प्रास, आन्द्रे आगासी, एन्डी रोडिक जस्ता खेलाडी अहिले अमेरिकामा देखिँदैन ।
-२००४ पछि रोजर फेडेरर, राफायल नाडाल, नोभाक जोकोभिच जस्ता विश्वस्तरीय खेलाडीको जन्म भयो ।
-उनीहरूले दुई दशकसम्म टेनिस जगतमा वर्चश्व जमाए । जसले गर्दा नयाँ खेलाडीले उनीहरूविरुद्ध दरो चुनौती पेश गर्न सकेनन् ।
-फेडेरर, नाडालले संन्यास लिइसके तर, जोकोभिच अहिले पनि जमिरहेका छन् । साथै सिनर र अलकाराज जस्ता राइजिङ खेलाडीले टेनिसमा पाइला विस्तारै जमाइरहेका छन् ।
-उनीहरूसामु चुनौती पेश गर्ने अमेरिकी पुरुष खेलाडी अझै आउन सकेका छैनन् ।











प्रतिक्रिया