एसियाबाट पहिलो ग्रान्ड स्लाम टेनिस विजेता चीनकी ली ना हुन् । लीले २०११ को फ्रेन्च ओपन जितेर ग्रान्डस्लाम टेनिसमा पहिलो एसियाली खेलाडी विजेता हुने सौभाग्य प्राप्त गरेकी हुन् । यसपछि उनले २०१४ को अस्ट्रेलियन ओपन जितेकी थिइन् ।
उनकै प्रेरणाले एसियाबाट नयाँ पुस्ताका खेलाडीहरू आए । जसमा, पछिल्लो पटक सफल भएका एसियाली खेलाडीमा जापानकी नाओमी ओसाका हुन् । ओसाकाले चार ग्रान्डस्लाम उपाधि जितिसकेकी छन् ।
त्यसो त यी दुबै खेलाडी महिला हुन् । एसियाबाट पुरुष खेलाडीको लागि भने ग्रान्डस्लाम टेनिस चुनौतीको रूपमा रहेको छ । अहिलेसम्म जापानका केइ निशिकोरी ग्रान्डस्लाममा फाइनल पुग्ने एक मात्र एसियाका पुरुष टेनिस खेलाडी हुन् ।
ली नाको ग्रान्डस्लाम उपाधिः
२०११ फ्रेन्च ओपन र २०१४ अस्टे«लियन ओपन
नाओमी ओसाकोको ग्रान्डस्लाम उपाधि :
२०१९ र २०२१ अस्टे«लियन ओपन
२०१८ र २०२० यूएस ओपन
अरु एसियाली खेलाडीको उत्कृष्ट प्रदर्शन
-जापानका केई निशीकोरी २०१४ को यूएस ओपनको फाइनलमा पुगेको । योसँगैं उनी ग्रान्डस्लामको फाइनलमा पुग्ने पहिलो पुरुष टेनिस खेलाडी बने । उनी क्रोएसियाका खेलाडी मारिन चिलीचसँग सीधा सेटमा पराजित भएका थिए ।
-चीनकी झेंग कीनवेन २०२४ को अस्टे«लियन ओपनको फाइनलमा पुगेकी । झेंग बेलारुसकी एरिना सबालेन्कासँग सहजै सीधा सेटमा पराजित भइन् ।
-भारतका रामानाथन कृष्णन १९६० को विम्बल्डनको सेमिफाइनलमा पुगेको ।
-जापानकी किमिके डाटेले तीन ग्रान्डस्लाम सेमिफाइनल खेलेकी थिइन् । उनले १९९४ मा अस्टे«लियन ओपन, १९९५ मा फ्रेन्च ओपन र १९९६ मा विम्बल्डनमा सेमिफाइनलसम्मको यात्रा गरेकी थिइन् । यूएस ओपनमा भने उनी दुई पटक क्वार्टरफाइनलसम्म पुगिन् ।











प्रतिक्रिया