अख्तियारको नक्कली कर्मचारी बनेर धम्काउने दुई जना पक्राउ


काठमाडौँ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनेर धम्काएर पैसा असुल्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१४ कलंकीबाट डोटीका २७ वर्षीय लक्ष्मण पनेरु र झापाका ५४ वर्षीय विनोद साहलाई पक्राउ गरेको हो।

कार्यालयका अनुसार टोखा नगरपालिका–८ बस्ने एक व्यक्तिलाई “तपाई र तपाईको परिवारको नागरिकता नक्कली हो, अनुसन्धान भैरहेको छ, कारबाहीबाट जोगिन एक करोड दिनुपर्छ, नत्र जेल हालिन्छ” भन्दै पटक–पटक फोन गरी धम्काइएको थियो। पीडितले उजुरी गरेपछि अनुसन्धान शुरु भएको हो।

अनुसन्धानबाट पनेरुले धम्काउने र साहले योजनाकारको भूमिका खेलेको पाइएको प्रहरीले जनाएको छ।