काठमाडौं।
रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित सडकमा रंगशाला पथबाट मगरघाटतर्फ जाँदै गरेको लु.३७ प ७३८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७४ वर्षीय किसन श्रेष्ठको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुर, गोदावरी नगरपालिका-६ टिकाभैरव पुलस्थित सडकमा प्रदेश.३-०१-००५ ख ९३४६ नम्बरको बसबाट खसेर सोही ठाउँ बस्ने ४५ वर्षीया गीता तिमल्सिनाको मृत्यु भएको छ । मंगलबार बसबाट खसेर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया