प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाडौँ।

प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भोला नाथ थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन्।

बुधबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रमकाबिच प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे। उनीहरु ९ भदौमा पदोन्नति भएका थिए।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो।