तनहुँमा दुई स्कुटर ठोक्किँदा एकको मृत्यु, एक घाइते


काठमाडौं ।

तनहुँको म्याग्दे गाउँपालिका–४, थर्पु बजारमा मंगलबार राति दुई स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

ग २१ प ३०३६ र ग २३ प ८००७ नम्बरका स्कुटर ठोक्किँदा म्याग्दे–७ का ३२ वर्षीय विजय थापाको उपचारको क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा पोखरा–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् र उनको पोखरामा उपचार भइरहेको छ।