काठमाडौं ।
प्रहरीले काठमाडौंको गोंगबुबाट ४ करोड नगद र २ किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेपछि सो पैसा कहाँबाट आयो भन्ने प्रश्न सिर्जना भएको छ । प्रहरीले गोरखा घर भई हाल गोंगबु बस्दै आएका ७५ वर्षीय विनोदकुमार श्रेष्ठलाई झन्डै ४ करोड अवैध रकम र २ किलो सुनसहित पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले मंगलबार दिउँसो अपरेसन चलाएको थियो । श्रेष्ठले गहना धितो राखेर पैसा मिटर ब्याजमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि त्यति धेरै पैसा उनले कहाँबाट ल्याए र त्यसमा अरु कुन कुन गिरोहको कनेक्सन छ भन्नेबारेमा प्रहरीले थप खोजी कार्य जारी राखिएको जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, एआईजी टेकबहादुर तामाङका अनुसार श्रेष्ठले पैसा ब्याजमा लगाउने प्रयोजनकै लागि थुपारेर राखेको आशंका छ । यद्यपि उनीसँग कसकस्को सम्बन्ध थियो भन्नेबारेमा समेत छानबिन थालिएको एआईजी श्रेष्ठले जानकारी दिनुभयो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पक्राउ परेका श्रेष्ठले गहना धितो राखेर ब्याजमा पैसा लगाउने गरेको सूचना पाएपछि प्रहरीले छापामा मारेको थियो ।
प्रहरीले पैसा गन्ने मेसिनमार्फत् पैसा गनेको थियो । शुरूमा रकम मात्रै फेला परेको र कोठा थप सर्च गर्दा गहनासमेत पोको पारेर लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । श्रेष्ठसँग ठूलै गिरोहको कनेक्सन रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।











प्रतिक्रिया