काठमाडौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहँदा देशका विभिन्न भागमा बदली र वर्षा भइरहेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा देखिएको छ।
बुधबार कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशीको तराई र बागमतीका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।











प्रतिक्रिया