नयाँ फिचरसहित शाओमीले गर्यो रेडमी १५ र रेडमी १५सी सार्वजनिक


काठमाडौँ

रेडमी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ । यसमा ७००० एम्एएच क्षमताको विशाल ब्याट्री छ, जसले सजिलै दुई दिनसम्म टिक्न सक्छ ।

यसमा ३३ वाट फास्ट चार्जिङ सुविधा छ भने १८ वाट रिभर्स चार्जिङ सुविधाका कारण आपतकालीन अवस्थामा पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसमा ६.९ इञ्चको एफएचडी+ डिस्प्ले, १४४ हर्ज रिफ्रेस रेट, टीयुभी राइनल्यान्ड ट्रिपल आई–केयर, क्वाड–कर्भ डिजाइन र आईपी६४ सुरक्षा सुविधा उपलब्ध छन् । फोटोग्राफीका लागि ५० मेगापिक्सेल एआई डुअल क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको यस फोनमा स्न्यापड्रागन ६८५ चिप, हाइपरओएस २, गुगल जेमिनी र २ टेराबाइटसम्मको स्टोरेज सुविधा दिइएको छ ।

रेडमी १५सी आफ्नो ७.९९ मिलिमिटर स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ । यसमा ६००० एम्एएच क्षमताको ब्याट्री, ३३ वाट फास्ट चार्जिङ, १० वाट रिभर्स चार्जिङ सुविधा र २ वर्षको वारेन्टी उपलब्ध छ । यसमा ६.९ इञ्चको एचडी+ डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, मेडियाटेक हेलियो जी८१–अल्ट्रा प्रोसेसर, ५० मेगापिक्सेल एआई डुअल क्यामेरा, ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा र १ टेराबाइटसम्मको एक्सप्यान्डेबल स्टोरेज सुविधा रहेको छ । साथै, हाइपरओएस २, गुगल एआईका “सर्कल टु सर्च“ तथा “जेमिनी“ जस्ता स्मार्ट फिचर र आईपी६४ सुरक्षा सुविधा पनि उपलब्ध छन् ।

शाओमीले रेडमी १५ लाई स्यान्डी पर्पल, टाइटन ग्रे र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध गराएको छ भने रेडमी १५सी मिडनाइट ब्ल्याक, मूनलाइट ब्लु र मिण्ट ग्रिन रंगमा उपलब्ध हुनेछ ।

मूल्यतर्फ रेडमी १५ को ६ जीबी + १२८ जीबी भेरियन्ट रु. १८,९९९ र ८ जीबी + २५६ जीबी भेरियन्ट रु. २१,९९९ मा पाइनेछ । यस्तै, रेडमी १५सी को ४ जीबी + १२८ जीबी भेरियन्ट रु. १४,९९९, ६ जीबी + १२८ जीबी भेरियन्ट रु. १६,४९९ र ८ जीबी + २५६ जीबी भेरियन्ट रु. १८,९९९ मा उपलब्ध हुनेछ ।