मेसीको इन्टर मायामी फाइनलमा पराजित


काठमाडौं।

लियोनेल मेसी सम्मिलित इन्टर मायामी २०२५ को लिग्स कपको फाइनलमा पराजित भएको छ । मायामी घरेलु टोली सिएटल साउन्डर्ससँग ३–० ले पराजित हुँदैं उपाधिबाट विमुख भएको हो । योसँगैं मेसीले उनको करिअरमा ४७ औं उपाधि थप्न सफल भएनन् ।

सिएटलका ओसाजे डे रोजारियोले २६औं मिनेटमा पहिलो गोल गरे । ८४औं मिनेटमा एलेक्स रोदानले पेनाल्टीमार्फत गोल थपे भने ८९औं मिनेटमा पॉल रोथरकले तेस्रो गोल गर्दै जित पक्का गरे । मेसीको आगमनपछि मायामी तेस्रो पटक उपाधि जित्न वंचित भएको थियो ।

स्वारेजले कोचिङ स्टाफतिर थुके

अन्तिम सिटी बजेपछि मायामीका लुइस स्वारेज जितको खुशी मनाइरहेको सिएटल टोलीमा गएर झगडा गरेका थिए । स्वारेजले सिएटलका खेलाडी ओबेड भार्गासको गर्दन समातेका थिए । सर्जियो बुस्केट्सले समेत भार्गासको चिउँडोमा मुक्का हिर्काएको बताइएको थियो ।
यसपछि उरुग्वेका पूर्व खेलाडी स्वारेज र सिएटलका एक पदाधिकारीबीच भनाभन भयो । यसै क्रममा स्वारेजले विपक्षीका कोचिङ स्टाफतिर थुकेका थिए ।