काठमाडौँ
मन्जुश्री फाईनान्स लिमिटेडको केन्द्रीयकार्यालय का.म.न.पा. ११, थापाथली स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । सो केन्द्रीयकार्यालय भवनको समुद्घाटन संस्थाका संचालक समितिका अध्यक्ष सुमनप्रसाद अधिकारीले गर्नु भएको छ ।
संस्थाका प्रमुखकार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले ग्राहकको साथ, विश्वास र मायाले निरन्तर अघि बढिरहेको फाईनान्सले आगामी दिनमा अझ परिस्कृत र उत्कृष्ट सेवा दिने बताउनु भयो । नयाँबानेश्वर स्थित साविकको शाखाकार्यालयलाई यथावत राख्दै हाललाई संस्थाको कर्पोरेट अफिस स्थानान्तरण भएको हो ।
हाल सम्मकरिव २३.५ अर्ब निक्षेप संकलन गरि करिव १९ अर्ब कर्जा परिचालन गरेको यस मन्जु फाईनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आईरहेको छ । फाईनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराउदै आईरहेको छ । हाल सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवापुर्याउदै आईरहेको मन्जुश्री फाईनान्स देशकै अग्रणी फाईनान्स कम्पनीको रुपमा रहेको छ ।











प्रतिक्रिया