एलजी नेपालको ‘खुशीको ४० वर्ष’ विशेष दशैँ–तिहार अफर सार्वजनिक


काठमाडौँ
नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै ‘‘खुशीको ४० वर्ष’’ नामक विशेष दशैँ–तिहार अफर सार्वजनिक गरेको छ । यस अभियानमार्फत कम्पनीले उपभोक्तालाई ४० प्रतिशतसम्म नगद छुट तथा पक्का उपहार प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।

नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध हुने यो योजनामा घरायसी उपकरणदेखि अत्याधुनिक इलेक्ट्रोनिक्ससम्मका उत्पादनमा आकर्षक अफर राखिएको छ । फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा एरियल म्याटिकदेखि इन्डक्सन चुलो, डिशवाशरमा डिशवाशिङ ट्याब्लेट, फ्रिजमा प्रेशर कुकर वा मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभनमा कुकिङ किट, र एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन जस्ता उपहार पाउने व्यवस्था गरिएको छ ।

यसैगरी, ३२ इञ्च वा सोभन्दा ठूलो टेलिभिजन खरिद गर्ने उपभोक्ताले ९ महिनासम्मको नेट टिभी सब्स्क्रिप्सन निःशुल्क पाउनेछन् । साथै, ०% इएआइ सुविधा अन्तर्गत उपभोक्ताले सजिलै किस्ताबन्दीमा उत्पाद खरीद गर्न सक्नेछन् ।

कम्पनीले भाद्र १६ गतेदेखि सीमित अवधिसम्म लागू हुने यो अफरमार्फत दशैँ–तिहारको उल्लासलाई अझ विशेष बनाउन चाहेको जनाएको छ । नेपाली इलेक्ट्रोनिक्स बजारमा चार दशकदेखि विश्वासको प्रतीक बनेको एलजी नेपाल गुणस्तर, नवीनता र अत्याधुनिक प्रविधिको पर्यायका रूपमा उपभोक्ताको जीवनलाई सहज र आधुनिक बनाउन निरन्तर योगदान दिँदै आएको छ ।