बीजी ग्रुपले नेपालमा कूलप्याडका नयाँ स्मार्टफोन सार्वजनिक गर्यो


काठमाडौँ
नेपालमा मोबाइल बजारको विस्तार गर्ने लक्ष्यसहित बीजी ग्रुपले अन्तर्राष्ट्रिय ब्रान्ड कूलप्याडलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएको छ । कम्पनीले काठमाडौंमा आयोजना गरिएको एक भव्य कार्यक्रममा विभिन्न नयाँ मोडेलका स्मार्टफोन सार्वजनिक गरेको हो ।

कार्यक्रममा बीजी ग्रुपका सिईओ ललितनन्दनले नेपाली उपभोक्ताका लागि गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सन् २००० मा स्थापना भएको यो समूह अहिले एक अग्रणी व्यापारिक संस्थाको रूपमा विकास भइसकेको उल्लेख गर्दै, नेपालमा पनि विश्वस्तरीय प्रविधि र सेवा दिनका लागि तत्पर रहेको बताउनु भयो ।

यसपटक सार्वजनिक गरिएका स्मार्टफोन मोडेलमध्ये कूलप्याड एक्स १०० एममा १०८ एमपी क्षमताको एआई क्यामेरा, १२० हर्ज रिफ्रेस रेट र शक्तिशाली हेलियो जी ९९ प्रोसेसर जडान गरिएको छ, जसलाई कम्पनीले “नेक्स्ट–लेभल कूल” को रूपमा प्रस्तुत गरेको छ ।

त्यस्तै, कूलप्याड सी १६ एमलाई “सी मोर, सी पावर” नारासहित बजारमा ल्याइएको छ । यसमा ठूलो ५००० एमएएच ब्याट्री, ९० हर्ज रिफ्रेस रेटसहितको डिस्प्ले र ५० एमपी एआई क्यामेरा जडान गरिएको छ ।

कूलप्याड सी १५ एमलाई भने “बल्ड स्टाइल, मिट्स स्ट्रेन्थ” को परिकल्पनामा सार्वजनिक गरिएको हो, जसले आधुनिक शैलीसहित टिकाउपन र मजबुत डिजाइनलाई जोड दिएको छ ।

त्यस्तै, कूलप्याड सिपी १२ नियोमा १२० हर्ज रिफ्रेस रेट र ५००० एमएएच ब्याट्री जडान गरिएको छ, जसले प्रयोगकर्तालाई सहज अनुभव दिन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

बीजी ग्रुपले नेपालमा डिजिटल बजारलाई अझ सशक्त बनाउन तथा उपभोक्तालाई नवीनतम प्रविधिसहित आकर्षक डिजाइन र किफायती मूल्यमा स्मार्टफोन उपलब्ध गराउने आफ्नो योजना रहेको जनाएको छ ।