काठमाडौँ
सामसङ नेपालले “दशैंको मूड, सबै गुड” अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत नेपालभर उपलब्ध टेलिभिजन, रेफ्रिजरेटर र वाशिङ मेसिनमा विशेष छुट र उपहार पाउन सकिनेछ । अफर भदौ २५ देखि असोज २४, २०८२ (सेप्टेम्बर १० देखि अक्टोबर १०, २०२५) सम्म लागू हुनेछ । कम्पनीले यस अवधिमा ग्राहकलाई इन्स्टन्ट क्यासब्याक, उपहार र सजिलो अपग्रेड÷एक्सचेन्ज सुविधा उपलब्ध गराउने जनाएको छ ।
सामसङका विश्व नम्बर १ टेलिभिजन—नियो क्यू–एल–ई–डी, क्यू–एल–ई–डी, एफ–एच–डी र एच–डी टेलिभिजनमा ३५ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक पाउन सकिनेछ । छानिएका ७५ र ८५ इन्च क्यू–एल–ई–डी मोडेलमा साउन्डबार उपहार दिइने भएकाले घरमै ठूलो पर्दा र गुणस्तरीय ध्वनिसहितको होम थियटर अनुभव लिन सकिनेछ । साथै, योग्य टेलिभिजनमा ३ वर्षको फुल वारन्टी र निःशुल्क प्रोफेशनल इन्स्टलेसन उपलब्ध हुनेछ ।
रेफ्रिजरेटरमा पनि १९ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक पाउन सकिनेछ । छानिएका ७०० लिटर साइड–बाइ–साइड मोडेल किन्दा माइक्रोवेभ ओभन उपहार दिइने भएको छ । यसैगरी, वाशिङ मेसिनमा २४ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक पाउने अवसर छ । योग्य टप–लोड (७ केजीभन्दा माथि) वा ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन किन्दा सर्फ एक्सेल म्याटिक १ केजी, र ८ केजीभन्दा माथि फ्रन्ट–लोड मोडेल किन्दा सर्फ एक्सेल म्याटिक ६ केजी उपहार पाइनेछ । रेफ्रिजरेटर र वाशिङ मेसिनमा डि–आई–टी मोटरमा २० वर्षको वारन्टी दिइनेछ भने सबै मोडेलमा निःशुल्क इन्स्टलेसनको सुविधा उपलब्ध हुनेछ ।
ग्राहकले चाहेका सामसङ टेलिभिजन वा होम अप्लायन्स हुलास फिन्सर्भ हायर पर्चेस लिमिटेडमार्फत ० प्रतिशत ब्याजदरमा ई–एम–आई किस्ताबन्दीमा पनि किन्न सक्नेछन् । सजिलो प्रक्रियाका लागि केवल नागरिकता कागजात आवश्यक हुनेछ । साथै, पुराना सामान साटेर थप मूल्य फाइदा पनि लिन सकिने व्यवस्था गरिएको छ ।











प्रतिक्रिया