काठमाडौँ
सामसङ प्लाजा, नेपालभरि प्रिमियम इलेक्ट्रोनिक्स उत्पादनहरूको लागि विश्वासिलो नाम, अब पोखरा नयाँ सडकमा आफ्नो नयाँ शोरुम खोलेको छ । १५ भदौ २०८२, पाल्पा हाउस, नयाँ सडक, पोखरामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा गोल्छा ग्रुपकी डाइरेक्टर श्रीमती सीमा गोल्छा र नागार्जुन ट्रेडिङ हाउसका प्रोप्राइटर श्री जनपुकार मुनान्कमीले शोरुमको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
यो नयाँ आउटलेट पहिले महेन्द्रपुलस्थित सामसङ प्लाजाबाट सरेको हो । अब यो शोरुम पोखरा, नयाँ सडकमा खुलेको छ जसले गर्दा ग्राहकहरूलाई अझ सजिलो पहुँच र उत्कृष्ट खरिद अनुभव प्रदान गर्नेछ ।
नयाँ सामसङ प्लाजामा स्मार्टफोन, टेलिभिजन, होम अप्लायन्सेसदेखि अन्य अत्याधुनिक सामसङ इलेक्ट्रोनिक्स उत्पादन उपलब्ध हुनेछन् । यो कदमले सामसङको विश्वस्तरिय प्रविधि र उत्कृष्ट सेवा नेपालका हरेक ग्राहकको नजिक पु¥याउने प्रतिबद्धतालाई अझ बलियो बनाएको ।
यस अवसरमा सामसङ प्लाजाका प्रतिनिधिले भन्नुभयोः “हामीलाई पोखरामा नयाँ शोरुम खोल्न पाउँदा धेरै खुशी लागेको छ । यो सहरको विकास र उत्साहलाई मध्यनजर राखदै हामीले नयाँ रोड रोजेका हौं। यसले ग्राहकलाई अझ सहज बनाउनेछ ।”
ग्राहकले नयाँ सामसङ प्लाजा भ्रमण गर्दा आकर्षक अफर, आधुनिक शपिङ वातावरण, र प्रशिक्षित स्टाफको सहयोग पाउनेछन् । सामसङ प्लाजाले सबैलाई नयाँ सडक, पोखरामा आमन्त्रित गर्दै विश्वस्तरिय सामसङ उत्पादनको नयाँ युग अनुभव गर्न आग्रह गर्दछ ।











प्रतिक्रिया