काठमाडौं।
अस्टे«लिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले त्यहाँको टोली साउथ अस्टे«लियामाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।
शनिबार भएको अभ्यास खेलमा साउथ अस्टे«लियाले २ सय ४३ रनको लक्ष्य दिएको थियो । जब, १ सय ६१ रनमा पुग्दासम्म नेपालले ८ विकेट गुमाउँदा सो लक्ष्य भेटाउन नसकिने देखिएको थियो ।
तर, कप्तान रोहितले कप्तानी पारी खेल्दै ५ बल बाँकी राख्दै जित दिलाए ।
रोहित १ सय १ रनमा नटआउट रहे । उनलाई अर्को इन्डबाट सोमपाल कामीले दरो सहयोग दिए । सोमपाल ३८ रनमा नटआउट रहेका थिए । उनले यसअघि बलिङमा ३ विकेट पनि लिएका थिए ।











प्रतिक्रिया