‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’अन्तर्राष्ट्रिय प्रदर्शनी


काठमाडौं
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शुक्रबार भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करणको उद्घाटन गर्नुभएको छ ।
मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स,तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा.लि.ले सयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीको सहयोगी संस्था नेपाल विद्युत प्राधिकरण तथा नेपाल सौर्य विद्युत उत्पादक संघ रहेका छन् ।
स्वदेशी तथा विदेशी कम्पनीका १०० भन्दा बढी स्टलहरु रहको प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस्, हाउस वायरिङ्गका सामाग्री, तार, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीच, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहेको छ ।

उद्घाटन समारोहमा आफ्नो मनतव्य राख्दै मन्त्री भण्डारीले नेपालमा उत्पादित विद्युत तथा विद्युतीय सामाग्रीको निर्यातमा अपार सम्भावना रहेको कुरामा जोड दिनुभयो । भण्डारीले प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डको सहभागिता देख्दा नेपालमा पनि उर्जा तथा उर्जासँग सम्बन्धित उत्पादनको सम्भावना निकै राम्रो रहेको बताउनु भयो ।

विद्युतीय उपकरणलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत तथा गुणस्तरीय विद्युतीय सामाग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गरिएको हो ।

नेपालीको महान पर्व बडा दशैंको केहि हप्ता अगाडि आयोजना हुन लागेको यस प्रदर्शनीमा ग्राहकले सहज तथा सुलभ रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका सामान खरिद गर्न सक्ने छन् ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि, तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीलाई एकै स्थानमा ल्याएर व्यवसायिक प्रवद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धी बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्तावर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे संदेश फैलाउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको छ ।