काठमाडौँ
नेपाल–चीन संयुक्त लगानीमा सन् २०१४ मा स्थापित हिमालय एअरलाइन्स प्रा. लि. हाल नेपालकै अग्रणी अन्तर्राष्ट्रिय विमान सेवामध्ये एक बनेको छ । नेपाल र अन्य मुलुकबीचको जनस्तरको सम्पर्कलाई प्रवद्र्धन गर्नुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई सुदृढ बनाउन एअरलाइन्सले आफ्नो मुख्य उद्देश्य बनाउँदै आएको छ ।
हिमालय एअरलाइन्ससँग हाल ४ वटा आधुनिक विमान छन् — तीन एयरबस ३२०–२१४ (१८० सिट क्षमता) र एक एयरबस ३१९–११५ (१४४ सिट क्षमता) । यी विमानमार्फत एअरलाइन्सले हाल संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनलगायतका गन्तव्यमा नियमित उडान सञ्चालन गर्दै आएको छ ।
संचालनको पहिलो वर्षमै, सन् २०१७ मा एअरलाइन्सले साउथ एशियन ट्राभल अवाड्र्स बाट ‘दक्षिण एशियाको अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स’ उपाधि प्राप्त गरेको थियो । त्यस्तै, सन् २०२० मा गुणस्तरीय प्राविधिक व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गर्दै नेपालकै पहिलो विमान कम्पनी बन्न सफल भएको थियो । डिसेम्बर २९, २०२१ मा पुनः अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्रमाणपत्र हात पार्दै यात्रु तथा कार्गो सेवा र प्रशिक्षण सुविधामा आफ्नो उच्च व्यवस्थापन क्षमताको पुष्टि गराएको छ ।
एअरलाइन्सले २०२१ को सेप्टेम्बरदेखि आफ्ना जहाजहरूमा यात्रुको आकस्मिक स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर एइडी जडान गरेको थियो । यससँगै हिमालय एअरलाइन्स एइडी जडान गर्ने नेपालको पहिलो र एक मात्र वायुसेवा कम्पनी बनेको छ ।
डिसेम्बर २८, २०२३ मा हिमालय एअरलाइन्सलाई अपरेटर का रूपमा आधिकारिक मान्यता प्राप्त भएको छ र यससँगै नेपालकै पहिलो र एकमात्र सदस्य एअरलाइन्सको रूपमा दर्ता भएको हो ।
हिमालय एअरलाइन्सले अन टाइम पर्फमेन्सलाई प्राथमिकतामा राख्दै यात्रु सेवामा निरन्तर सुधार गर्दै आएको छ । ग्राहकको विश्वासिलो रोजाइ बन्ने लक्ष्यसहित यसले दक्षिण एशियाकै अग्रणी अन्तर्राष्ट्रिय एअरलाइन्स बन्ने दाबी गरेको छ











प्रतिक्रिया