स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड क्षेत्रीय बोर्ड सदस्यमा चयन


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) दक्षिण एसिया क्षेत्रीय बोर्ड (रीजनल एङ्गेजमेन्ट बोर्ड)को सदस्यका रूपमा चयन भएको छ ।

यस बोर्डमा नेपालबाट छनौट हुने एकमात्र संस्था एससीटी रहेको छ भने एससीटीका अतिरिक्त भारत, बंगलादेश, श्रीलङ्का जस्ता मुलुकका ठूला भुक्तानी सेवा प्रदायक संस्थाको समेत प्रतिनिधित्व रहनेछ ।

रीजनल एङ्गेजमेन्ट बोर्ड एक विश्वव्यापी मञ्च हो, जसले पीसीआई–एसएससी (पेमेंट कार्ड इन्डस्ट्री सेफ्टी स्ट्यान्डड्र्स काउन्सिल)लगायतका अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षाका मापदण्डको विकास र प्रवद्र्धन गर्दै भुक्तानी कारोबारमा निहित साइबर तथा सुरक्षा जोखिमहरू न्यूनीकरण गर्न सहयोग पुर्याउँछ ।

भारत–दक्षिण एसियामा पहिलो पटक गठन भएको यस बोर्डमार्फत पीसीआई–एसएससीले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गर्दै विश्वव्यापी सहकार्यलाई थप विस्तार गरेको छ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज घिमिरे भन्नुहुन्छ – हामीलाई यो प्रतिष्ठित विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्वको अनुभूति भएको छ । यस सम्मानले नेपाल र दक्षिण एसियामा सुरक्षित डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछ । हामी हाम्रो भुक्तानी कार्डको विशेषज्ञता मार्फत योगदान गर्न र भुक्तानी प्रणालीलाई अझ सबल बनाउन तात्पर छौँ ।”

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) नेपालको पहिलो डोमेस्टिक कार्ड नेटवर्क तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त संस्था हो । सन् २००१ मा स्थापना भएको यो संस्थाले कार्ड सेवाका अतिरिक्त क्यूआर (त्तच्) तथा अन्य डिजिटल भुक्तानीका सेवा मार्फत २३ बैंक तथा वित्तीय संस्था, १० भुक्तानी सेवा प्रदायक तथा ८० भन्दा बढी सहकारी संस्था मार्फत लाखौँ सर्वसाधारणलाई सेवा पुर्याउँदै आएको छ ।

वित्तीय समावेशीकरण, नवप्रवर्तन, र डिजिटल रूपान्तरणमा जोड दिँदै एससीटीले नेपालको डिजिटल अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

क्षेत्रीय बोर्डमा एससीटीको भूमिका

दक्षिण एसियामा भुक्तानी सुरक्षासम्बन्धी चुनौती र अवसरबारे पीसीआई–एसएससीलाई परामर्श प्रदान गर्ने ।
मापदण्ड तथा कार्यक्रम विकाससम्बन्धी सुझाव तथा प्रतिक्रिया दिने ।
दक्षिण एसियाभर पीसीआई–एसएससीका मापदण्ड र उत्कृष्ट अभ्यासबारे शिक्षा तथा सचेतना बढाउन मध्यस्थकर्ताको भूमिका खेल्ने ।