काठमाडौँ ।
आगामी भाद्र १३ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस्’ तथा ‘नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस’ अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुने भएको छ ।
प्रदर्शनीको संयुक्त आयोजना मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स तथा ८८ एक्जीबीसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा. लि.८८ले गरेका हुन् ।
यस प्रदर्शनीलाई नेपाल विद्युत प्राधिकरण र नेपाल सौर्य विद्युत उत्पादक संघले सहयोग गरेका छन् । आयोजकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका १०० भन्दा बढी स्टलहरू रहनेछन् ।
प्रदर्शनीमा उच्च गुणस्तरका नवीनतम प्रविधियुक्त ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस, हाउस वायरिङ्गका सामग्री, तार, केबल तथा कण्डक्टर, अत्याधुनिक स्वीच, एलईडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरायसी विद्युतीय सामान, ब्याट्री, चार्जिङ्ग स्टेशन लगायत विभिन्न उपकरण र प्रविधि प्रदर्शनीमा प्रस्तुत गरिनेछ ।
आयोजकका अनुसार, मुलुकमा बढ्दो जलविद्युत उत्पादनलाई उपभोगमा ल्याउने, विद्युत र विद्युतीय व्यवसायलाई सुदृढ बनाउने तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको हो ।
साथै, प्रदर्शनीमार्फत उपभोक्तालाई गुणस्तरीय विद्युतीय सामग्रीमा पहुँच दिलाउने, व्यवसायीबीच साझेदारी बढाउने तथा नविनतम प्रविधि सम्बन्धी जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गरिनेछ ।
दशैं नजिकिँदै गर्दा आयोजना हुन लागेको यस प्रदर्शनीले उपभोक्तालाई एकै स्थानमा विविध कम्पनीका विद्युतीय तथा इलेक्ट्रोनिक्स सामग्री हेर्ने र मनपरेको सामान सहज मूल्यमा खरिद गर्ने अवसर दिनेछ ।
यस प्रदर्शनीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि र वैकल्पिक ऊर्जा उद्यमीलाई एउटै मञ्चमा ल्याई व्यवसायिक सम्भावनाको सिर्जना गर्ने मात्र नभई उपभोक्ता वर्गलाई ऊर्जाको व्यवस्थित खपतको महत्वबारे सचेतना फैलाउने लक्ष्य राखिएको छ ।
यस प्रदर्शनीले नेपालका विद्युतीय उद्योग र उपभोक्ताबीचको सम्बन्ध अझ मजबुत बनाउँदै व्यवसाय, प्रविधि र विकासलाई एकैसाथ अघि बढाउने केन्द्रको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बैंकको वर्तमान तथा पूर्व सञ्चालकहरु, संस्थापक तथा सर्वसाधारण सेयरधनीहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, ग्राहक तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।
सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको उक्त नयाँ कार्यालय रिङ्गरोडसँग जोडिएको र पर्याप्त पार्किङ्ग सुविधा रहेकोले सबैको पहूँचमा सहजता आउने भएको छ ।











प्रतिक्रिया