काठमाडौं ।
बाल संसार दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा बाल संसारले काठमाडौं जेभियर्स पब्लिक स्ुकललाई १०–२ ले पराजित ग¥यो । बाल संसारकी विविका पोखरेलले ४ अंक जोडिन् ।
सिनियर गल्र्समै यङ हार्ट्सले आकाशदीपलाई २७–४ तथा नेमोनिकले आयोजक टाइमलाइनलाई ३२–२७ ले हराउदै क्वाटरफाइनलमा पुगे । यङ हार्ट्की स्तुती श्रेष्ठले १५ तथा नेमोनिककी अस्मिता थापाले १२ स्कोर गरे ।
सिनियर ब्वाइजमा विट्स एकेडेमीले मनकामनालाई ३४–२३, मार्वलस एकेडेमीले आकाशदीपलाई ५५–२०, क्रिस्टियनले वेभ स्कुललाई ३१–१८ र बागमती बोर्डिङ स्कुलले रिलायन्स को–एडलाई ४७–२८ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।











प्रतिक्रिया