काठमाडौं जेभियर्स क्वाटर फाइनलमा


काठमाडौं ।

काठमाडौं जेभियर्स पब्लिक स्कुल दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा काठमाडौं जेभियर्सले इस्टपोललाई २२–७ ले पराजित ग¥यो । काठमाडौं जेभियर्सकी नेहा मेहताले ८ अंक जोडिन् ।

सिनियर गल्र्समै पल्र्स एकेडेमीले आकाशदीपलाई २६–१०, लोर्डस् लाइट एकेडेमीले नेमोनिकलाई २५–२४ र भेनसले मनकामनालाई १५–७ ले हराए । पल्र्सकी सुप्रज्ञा दंगालले १४, लोर्डस् लाइटकी डोमी शेर्पाले १५ र भेनसकी अस्मिता तामाङले १० स्कोर गरे ।

सिनियर ब्वाइजमा यङ हार्ट्सले भेनस पब्लिकलाई ३५–१३, काठमाडौं जेभियर्सले क्रिस्टिएनलाई ६२–४०, टाइमलाइनले पल्र्स एकेडेमीलाई २७–२० र नेरिक एकेडेमीले मार्वलस एकेडेमीलाई २४–२२ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । यङ हार्ट्सका पासाङ छिरिङले १७, काठमाडौं जेभियर्सका सोहन भुजेलले २२, टाइमलाइनका प्रनिम पाख्रिनले १२ र नेरिकका आयुब लामाले १० अंक बटुले ।