काठमाडौं ।
उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा छात्रतर्फ उपाधि मातृभूमी स्कुलले जितेको छ । यस्तै, छात्रातर्फ उपाधि चांदवाग स्कुलले जितेको छ । १९ दिनसम्म चलेको आठौं संस्करणको बिआईबी बास्केटबल प्रतियोगितामा छात्र र छात्रा समुहका ३७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
छात्रतर्फ आयोजक बौद्ध इन्टरनेशनल स्कुल दोस्रो हुँदा छात्रातर्फ काष्ठमण्डप विद्यालय दोस्रो भएको छ । अन्तर विद्यालय प्रतियोगितामा यो वर्ष २५ वटा विद्यालय सहभागि रहेको ८ औं संस्करणमा २१ छात्र र १६ छात्रा टोली सहभागि थिए ।











प्रतिक्रिया