काठमाडौं ।
आयोजक ज्ञानोदय बाल वाटिका माविले ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा सोमबार दोहोरो जित हात पारेको छ । ज्ञानोदयको ब्वाइज र गल्र्स दुवै टोलीले जित निकाले ।
ब्वाइजमा ज्ञानोदयले ओएसिस्लाई ३५–३२ ले पराजित ग¥यो । ज्ञानोदयको जितमा सोनु पुरीले १२ अंक योगदान गरे । गल्र्समा नोसिका ढकालको १२ अंक सहयोगमा ज्ञानोदयले मल्पी सिटीलाई २६–७ ले सहजै हरायो ।
ललितपुरको खोकनास्थित आयोजक ज्ञानोदयको कभर्डहलमा भएको ब्वाइजको अन्य खेलमा मल्पी सिटी र भ्याली भ्युले सफलता पाए ।
मल्पी सिटीले क्रिएटिभ एकेडेमीलाई ४१–१५ ले पाखा लगायो । मल्पीका रौनक प्रधानाङले १८ स्कोर गरे । भ्याली भ्युले ओरेकल एकेडेमीमाथि ३९–११ को सहज जित दर्ता ग¥यो । भ्याली भ्युका गणेश विष्टले १५ अंक बटुले ।
ब्वाइज फुटबलमा लिटिल एन्जल्स (एलए) ले बृहस्पति विद्या सदनलाई ६–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । एलएका सुगत मगरले २ तथा रायडुहाङ राई, जिम्मी लामा र प्रवीण गौतमले समान १–१ गोल गरे । एक गोल आत्माघाती थियो ।











प्रतिक्रिया