काठमाडौं ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा रहेका सबै बाँकी बन्धकको मुक्तिका लागि वार्ता सुरु गर्न निर्देशन दिएका छन्।
उनले गाजा सिटी नियन्त्रण र हमासलाई परास्त गर्न इजरायली सेनाको योजना मन्त्रिपरिषद्ले स्वीकृत गरेको बताए।
कतार र इजिप्टको प्रस्तावअनुसार हमासले ६० दिन युद्धविराम र केही बन्धक छोड्ने संकेत दिए पनि नेतन्याहूले हालको प्रस्ताव अस्वीकार गरेका छन्।
उनका अनुसार वार्ताको स्थान टुंगिएपछि टोली पठाइनेछ। इजरायलले हमासको पूर्ण पराजय, गाजाको असैनिकीकरण र बन्धक मुक्तिलाई मुख्य शर्त राखेको छ।











प्रतिक्रिया