काठमाडौं।
आयोजक ग्रिनल्यान्ड आवासीय माविले १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ । ग्रिनल्यान्ड सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्र्समा जित हात पार्न सफल भयो ।
धापासीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा ग्रिनल्यान्डले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ३६–३२ ले पराजित ग¥यो । ग्रिनल्यान्डका रोहित अधिकारीले १४ अंक जोडे ।
सिनियर ब्वाइजमै टीआईएले स्किब्सलाई ५९–४९, गोल्डेनपिकले क्यान्भास बसन्त ऋतुलाई ५६–२५ र भद्रकालीले रिलायन्स पब्लिकलाई ३५–३४ ले हराए । टीआईएका रोसन नगरकोटीले १८, गोल्डेनपिकका पेम्बा तेन्जिङ शेर्पाले १४ र भद्रकालीका सुदिप श्रेष्ठले २६ स्कोर गरे ।
सिनियर गल्र्समा ग्रिनल्यान्डले नव दीक्षितलाई २५–१४, क्यान्भासले ज्ञान संस्कारलाई २२–१७ र बेलमोन्टले टीआईएलाई १७–१३ ले पाखा लगाए । ग्रिनल्यान्डकी प्रियंका चन्दले ८, क्यान्भासकी सिजुका देउलाले १० र बेलमोन्टकी समिक्षा मगरले ९ अंक जोडिन् ।
जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २३–६, गोल्डेनपिकले जेबी स्कुललाई १६–१५, रिलायन्स पब्लिकले ज्ञान संस्कारलाई १९–८ र एन्जल्स हार्टले फ्युजन एकेडेमीलाई २९–२२ ले पन्छाए ।











प्रतिक्रिया