काठमाडौं।
क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको पहिलो सेमिफाइनलमा सीसीआरसीले जेभियर इन्टरनेसनल कलेजलाई ७९–७५ ले पराजित ग¥यो । सीसीआरसीको जितमा तुसार महर्जनले ३० अंक योगदान गरे । आरुस श्रेष्ठको २४ अंक सहयोगमा प्रिमियरले ग्रिनफिल्ड नेसनल कलेजलाई ८८–७९ ले हरायो । फाइनल शुक्रबार हुनेछ ।
अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजना, रोयल स्पोर्ट्स सेन्ट्रल र चोकोफलको सहयोगमा भइरहेको प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।











प्रतिक्रिया