रुसद्वारा पश्चिमी युक्रेनका धेरै स्थानमा आक्रमण


काठमाडौं ।

रुसले फेरि पश्चिमी युक्रेनका विभिन्न शहरमा मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूले रातभरि भएको यो आक्रमण पछिल्ला हप्ताहरूको सबैभन्दा ठूलो बमबारी भएको बताएका छन्

जापोरिजिया, निप्रोपेट्रोभस्क र ल्भिभमा रुसी आक्रमणको रिपोर्ट आएको छ। ती आक्रमणहरूमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

यो आक्रमण यस्ता बेला भएको हो जब युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चाँडै नै सम्भावित शान्ति वार्ताबारे चर्चा भइरहेको छ। जेलेन्स्कीले वार्ता स्विट्जरल्याण्ड, अस्ट्रिया वा टर्कीको इस्तानबुलमा हुन सक्ने बताएका छन्।

युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिहाले आक्रमणले युद्ध अन्त्य गर्न कूटनीतिक पहल र बलियो वायु रक्षा प्रणालीको आवश्यकता झन् स्पष्ट बनाएको टिप्पणी गरेका छन्। बीबीसी