एनपीएलको दोस्रो संस्करण मङ्सिर १ गतेदेखि 


काठमाडौं । 

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंशिरमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत् एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि मंसिर २८ सम्म हुने जानकारी दिएको हो ।

 उक्त संस्करणका लागि टिमहरूको मिनी अक्सन सकिएको छ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।