काठमाडौँ ।
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १,३०० रुपैयाँले बढ्दै १ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ।
बुधबार यसको मूल्य १ लाख ९३ हजार ५०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर २ हजार २९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।











प्रतिक्रिया