विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन, आज समिति बैठक


काठमाडौँ ।

विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० माथि छलफल गर्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ। विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सन आन्दोलनमा उत्रिएका छन्।

दुवै संस्थाले ‘पूर्ण छात्रवृत्ति’ शब्द खारेज गर्नुपर्ने, विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने लगायत ५ बुँदे माग राख्दै आज बिहान माइतीघरदेखि नयाँबानेश्वरसम्म र्‍याली र कोणसभा गरेका छन्।

उनीहरूले भदौ ६ गते स्कुल बससहित देशभर प्रदर्शन र भदौ ८ गतेदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसैबीच, शिक्षक महासंघले पनि विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ। यस्तो अवस्थामा आजको समिति बैठकप्रति चासो बढेको छ।