काठमाडौं ।
अफगानिस्तानको हेरात प्रान्तमा भएको एक गम्भीर सवारी दुर्घटनामा ७३ जनाको ज्यान गएको छ, जसमा १७ बालबालिकासमेत परेका छन्।
अफगानी आप्रवासी बोकेको बस अचानक आगलागी हुँदा चालकसहित ७१ जनाको मृत्यु भएको हो। सोही दिन ट्रक र मोटरसाइकल ठोकिँदा थप २ जनाको मृत्यु भएको हेरात प्रहरीले जनाएको छ।
दुर्घटनाको मुख्य कारण चालकको लापरवाही र अत्यधिक गति रहेको बताइएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। अफगानिस्तानमा तालिबान शासनका कारण पलायन भइरहेका आप्रवासीहरू यो दुर्घटनामा परेका हुन्।











प्रतिक्रिया