सुन र चाँदीको मूल्य घट्यो


काठमाडौं ।

नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।