टप इन्ड टी-२० सिरिज: मेलबर्न रेनेगेड्ससँग नेपाल आज प्रतिस्पर्धा गर्दै


काठमाडौं । 

अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजअन्तर्गत नेपालले आज पाँचौं खेल खेल्दैछ। नेपाली समय अनुसार बिहान ११:१५ बजे नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले हालसम्म चार खेलमध्ये एक जित र तीन हार बेहोरेको छ। मंगलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको थियो।

११ टोली सहभागी प्रतियोगितामा नेपाल नवौं स्थानमा छ भने मेलबर्न पाँचौं स्थानमा रहेको छ।

नेपालले शृङ्खलाको अन्तिम खेल शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्नेछ।