साफ U-17 महिला च्याम्पियनसिप आजदेखि, नेपालको सुखद सुरुआत गर्ने लक्ष्य


काठमाडौं । 

भुटानको थिम्पुमा फुटबल आजदेखि साफ १७ वर्ष मुनिको महिला च्याम्पियनसिप सुरु हुँदैछ। नेपालले पहिलो खेल दिउँसो २:४५ बजे भारतविरुद्ध खेल्दैछ। प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान सहभागी छन्।

सबै टिमले एकअर्कासँग दुई-दुई खेल खेलेर सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ। नेपालले सन् २०२२ मा उपाधि जितेको थियो। प्रशिक्षक चेतनारायण श्रेष्ठ र कप्तान भूमिका बृढाथोकीले टिम जितका लागि पूर्ण तयारीमा रहेको बताएका छन्।

नेपालले भदौ ६ गते भुटान, ८ गते बंगलादेश, ११ गते पुनः बंगलादेश, १३ गते भारत र १५ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ।