नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्यर बैंक माखाता रहेका ग्राहकलाई मकवानपुर जिल्लाको थाहा नगरपालिका १३, बज्रबाराहीस्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रालिले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई ओम अध्याय रिट्रिट प्रालिले प्रदान गर्ने रिसोर्टका विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि १५प्रतिशतसम्म छुट हुने व्यवस्थागरिएको छ ।
सम्झौता पत्रमा मिति २०८२ साल भदौ २ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रालिको तर्फबाट बिक्रि निर्देशक सुजन अधिकारीले हस्ताक्षर गर्नुभयो ।











प्रतिक्रिया