सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमए\सिएफटी तालिम सम्पन्न, वित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड



काठमाडौँ
सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लाउन्ड्रिङ (एएमए) तथा कमबेटिङ द फाइनान्सिङ अफ टरेरिजम सम्बन्धी विशेष तालिम नगरकोट स्थित रत्नागिरि रिर्सोटमा आयोजना गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका कानून विभाग प्रमुख सुवास भण्डारीले तालिम प्रदान गर्नुभएको थियो । उहाँले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याउनु भायो ।

एएमएल÷सिएफटी सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशिका र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुख लगायत कम्पनी प्रमुख बजार अधिकृत गणेश चौलागाई तथा कम्पनीका अन्य पदाधिकारीको मुख्य उपस्थिति रहेको थियो ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १४३ शाखा बाट जीवन बीमा व्यवसाय संचालन गरिरहेको छ ।