गाजामा युद्धविराम प्रस्तावमा हमास सहमत


काठमाडौं ।

गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि हमासले नयाँ प्रस्तावमा सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजिप्ट र कतारद्वारा प्रस्तुत प्रस्ताव अमेरिकी योजनाको आधारमा तयार पारिएको हो। योजना अनुसार, ६० दिनको युद्धविरामपछि बाँकी ५० इजरायली बन्धकहरू दुई चरणमा रिहा गरिनेछ, जसमा २० जना जीवित हुने अपेक्षा गरिएको छ।

प्रस्तावमा स्थायी युद्धविरामका लागि थप वार्ता हुने उल्लेख छ। इजरायलको आधिकारिक प्रतिक्रिया भने आएको छैन।