ट्रम्प–पुटिन वार्ता: शान्तिको संकेत तर समाधान टाढा


काठमाडौं ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा सम्पन्न वार्ता ठोस सम्झौताविना टुंगिएको छ।

युक्रेन युद्ध अन्त्यबारे छलफल भए पनि दुबै पक्षबीच युद्धविराममा सहमति जुटेन। पुटिनले युद्धलाई ‘दुःखद घटना’ भन्दै समाधानको सुरुवात भएको बताए भने ट्रम्पले केही महत्त्वपूर्ण विषयमा सहमति बाँकी रहेको जनाए।

पत्रकार सम्मेलनपछि दुबै नेता आ–आफ्नो देश फर्किएका छन्।

दुबैले चाँडै पुनः भेटको संकेत दिएका छन्।