विश्वव्यापी प्लास्टिक सन्धि वार्ता असफल, पर्यावरण संरक्षणमा थप चुनौती


काठमाडौं ।

प्लास्टिक प्रदूषण नियन्त्रणका लागि बनाइँदै गरेको ऐतिहासिक सन्धिको वार्ता शुक्रबार असफल भएको छ। १८५ देशका प्रतिनिधिहरूबीच तीन वर्षदेखि चलिरहेको छलफलपछि पनि सहमति नजुट्दा वातावरणविद्हरूले निराशा व्यक्त गरेका छन्।

प्लास्टिक उत्पादन घटाउन चाहने राष्ट्रहरू र केवल फोहोर व्यवस्थापनमा केन्द्रित हुन चाहने तेल उत्पादक राष्ट्रहरूबीच मतभेदले वार्ता निष्कर्षमा पुग्न सकेन।

युरोपेली संघ, बेलायत, क्यानाडा लगायतका देशहरूले महत्त्वाकांक्षी सन्धिको पक्षमा रहे पनि साउदी अरेबिया, कुवेत, रुस लगायतका तेल उत्पादक राष्ट्रहरूले त्यसलाई कमजोर बनाउन प्रयास गरे।

वार्ता असफल भए पनि केही देशले आगामी चरणमा पुनः छलफल गर्न तयार रहेको जनाएका छन्।

विश्वमा वार्षिक ४० करोड टनभन्दा बढी प्लास्टिक उत्पादन हुँदै आएको छ, जसको असर समुद्रदेखि मानव शरीरसम्म फैलिएको छ।