भारतले ७९औं स्वतन्त्रता दिवस मनाउँदै, मोदीको १२औं झण्डोत्तोलन


काठमाडौं ।

भारतले आज १५ अगस्ट २०२५ मा आफ्नो ७९औं स्वतन्त्रता दिवस मनाएको छ। १९० वर्ष लामो अंग्रेज शासनको अन्त्यसँगै स्वतन्त्र भएको भारतले हरेक वर्ष यो दिन राष्ट्रिय पर्वको रूपमा मनाउँदै आएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको ऐतिहासिक लाल किल्लामा लगातार १२औं पटक राष्ट्रिय झण्डा फहराएका छन्।

उनीभन्दा पहिले पण्डित जवाहरलाल नेहरूले १७ पटक र इन्दिरा गान्धीले १६ पटक झण्डोत्तोलन गरेका थिए। सम्बोधनमा मोदीले अपरेशन सिन्दूरका सिपाहीहरूको प्रशंसा गर्दै देशको रक्षा र विकासमा नयाँ सोच आवश्यक भएको बताए।

समारोहमा ६ हजारभन्दा बढी विशेष अतिथि सहभागी थिए भने विभिन्न राज्य र समुदायका झाँकी तथा परेड प्रस्तुत गरिएको थियो। प्रधानमन्त्री मोदीले समारोहअघि राजघाटमा पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली पनि अर्पण गरेका थिए। आजको दिन भारतभर सार्वजनिक विदा दिइएको छ।